दफा २२
संस्थानको कार्यको जाँचबुझ गर्ने गराउने नेपाल सरकारको अधिकार
: (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी संस्थानको जाँचबुझ गर्न एकजना
निरीक्षक नियुक्त गर्न सक्नेछ ।
तर त्यस्तो जांच गराउन लागेको खर्च संस्थानले बेहोर्न कर लाग्ने छैन ।
(२) उपदफा (१) अन्तर्गत नियुक्त भएको निरीक्षकले संस्थानसँग रहेका सबै हिसाव किताव र कागजपत्र जांच्न पाउनेछ ।
(३) यस दफा अन्तर्गत नियुक्त भएको निरीक्षकले नेपाल सरकार छेउ आफ्नो प्रतिवेदन पेश गर्नेछ ।